आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 13.6K
    SHARES

  • एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

    काठमाडौं – सर्वाेच्च अदालतको फैसलापछि छुट्टै पार्टी बनेको नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    सोमवार काठमाडौंको बबरमहलमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पूर्व मन्त्री युवराज दुलालले बताए ।

    दलको बैठकले गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपाका ४५ जना सदस्यहरूको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय समेत गरेको छ ।

    बैठकबाट बागमती प्रदेशको संसदीय दलको नेतामा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेललाई सर्वसम्मत चयन गरिएको छ भने दलको उपनेतामा कुमारी मोक्तानलाई चयन गरिएको छ ।

    संसदीय दलको प्रमुख सचेतकमा नेता बुद्धिमान माझी र सचेतकमा नेत्री प्रतिमा श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ । बैठकले बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भूमिका सशक्त रूपमा प्रस्तुत गर्ने निर्णय समेत गरेको दुलालले बताएका छन् ।

    बागमती प्रदेशमा कूल ११० जना प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रका २३ जना सदस्य रहेका छन् । सर्वोच्च अदालतले नेकपालाई खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि दुबै पार्टीले छुट्टाछुट्टै जाने निर्णय गरेका छन् । यस निर्णयसँगै प्रदेशमा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको छ ।

    बागमती प्रदेश सभामा नेपाली कांग्रेसका २२ जना सदस्य रहेको छन् भने विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाको २ र स्वतन्त्र सदस्य १ जना सदस्य छन् । बागमती प्रदेशमा ५७ जना सांसद रहेको नेकपा एमालेको एकल बहुमतको सरकार कायम रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०५:५०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend