काठमाडौं – सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युताइदिएपछि एमालेमा गएका लुम्बिनीका २ प्रदेशसभा सांसदलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।
पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेश सभाका २ सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो ।
बिहीवार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएको छ । न्यौपाने र पन्थी हालै नेकपा एमालेतिर लागेका छन् ।
दुबै सांसदलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद रहेका छन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरिएको छ । बिहीवार संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बसेर निर्णय गरिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।