शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ओली सरकारका यी मन्त्रीको षड्यन्त्र कांग्रेसले गर्‍यो पर्दाफास

ओली सरकारका यी मन्त्रीको षड्यन्त्र कांग्रेसले गर्‍यो पर्दाफास

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 9.4K
    SHARES

  • ओली सरकारका यी मन्त्रीको षड्यन्त्र कांग्रेसले गर्‍यो पर्दाफास

    काठमाडौं – नेपाली कांग्रेसले शिक्षक सेवा आयोगका पदाधिकारीमा गरिएको सिफारिस परिवर्तन गर्न दबाब दिएर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीले गरिरहेको षड्यन्त्रको पर्दाफास गरेको छ ।

    सोमवार कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिफारिस परिवर्तन गर्न दबाब दिएको आरोप लगाएका छन् ।

    सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यमा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई कात्तिक २२ गते सिफारिस गरिएको थियो ।

    लोकसेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकूलपति र शिक्षा मन्त्रालयका सचिव रहेको छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।

    सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्री श्रेष्ठले पटक–पटक दबाब दिएको कांग्रेसको शिक्षा विभागले जनाएको छ । सिफारिस रोक्नु निन्दनीय, खेदजनक र अलोकतान्त्रिक कार्य रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend