काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग तथा ललितपुर कीक बक्सिङको आयोजनामा चैत्र २६ २७ र २८ गते ३ दिनसम्म चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय कीक बक्सिङ प्रतियोगिता हुँदैछ ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रतियोगिता संयोजक, नेपाली कांग्रेसका केन्द्रीय खेलकुद विभाग सचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी कराँते, तेक्वान्दो, बक्सिङ, उसु, मुआई थाई, केज्ञ, फुल कन्ट्याक्ट कराँते लगायत नेपालका चर्चित राष्ट्रिय खेलाडीले भाग लिने ललितपुर कीक बक्सिङ संघ अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले बताए ।
प्रतियोगितामा पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी ७५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । महिलामा ५५ केजी ६० केजी ६५ केजी र खुला तौलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार, द्वितीय हुने खेलाडीलाई १५ हजार र तृतीय हुने २ जना खेलाडीलाई जनही ८/८ हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुषलाई २५ हजार उत्कृष्ट खेलाडी महिलालाई २५ हजार प्रदान गरिने छ ।
सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने प्रथम टीमलाई टीम च्याम्पियन स्वरुप १ लाख रुपैयाँ प्रदान गरिने छ । दोस्रो टीम च्याम्पियनलाई ५० हजार र तेस्रो च्याम्पियनलाई २५ हजार प्रदान गरिने छ ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस महामन्त्री पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले पुरुस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा विशेष अतिथिमा नेपाली कांग्रेस केन्द्रीय सदस्य पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य पूर्व खेलकुद मन्त्री एनपी साउँद, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग प्रमुख पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, तरुण विभाग प्रमुख पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य शिब हुमागाई, ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशमसेर राणा लगायत उपस्थिति रहने प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले बताए ।
आयोजकले नेपालकै सबैभन्दा बढी धनराशिको प्रतियोगिता गर्दै आइरहेको यो चौथो पटक रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।