शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस सरकारमा जाने नजाने आजै फैसला हुने

कांग्रेस सरकारमा जाने नजाने आजै फैसला हुने

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 4.9K
    SHARES

  • कांग्रेस सरकारमा जाने नजाने आजै फैसला हुने

    काठमाडौं - कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने नबन्ने आजै छिनोफानो हुने भएको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जसपाका शीर्ष नेताहरूसँग हुने छलफलले नयाँ सत्ता समीकरणको यात्रा तय गर्ने भएको छ ।

    कांग्रेसको संस्थापनइतर पक्षले पनि पार्टी सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि वार्ता प्रक्रिया अघि बढाउन आग्रह गरेपछि आज कांग्रेस र जसपाबीचको बैठक महत्वपूर्ण मानिएको छ ।

    पार्टी महामन्त्री शशांक कोइराला निवासमा नेता रामचन्द्र पौडेल समूहको शुक्रबार बिहान बसेको भेलाले देउवालाई नयाँ सरकार गठन गर्न म्यान्डेट दिएको हो ।

    संसद्को चौथो ठूलो शक्ति जसपालाई लिएर अझै दुई वर्ष सरकार चलाउने दाउमा प्रधानमन्त्री केपी ओली छन् । यदि जसपा कांग्रेससँग मिलेर सरकार बनाउन सहमत भएमा प्रधानमन्त्री ओलीको बहिर्गमन निश्चित हुने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend