आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

जसपा सरकारमा गए पार्टी छाड्ने कि ओलीलाई काँध थाप्ने भन्ने धर्मसंकटमा बाबुराम

जसपा सरकारमा गए पार्टी छाड्ने कि ओलीलाई काँध थाप्ने भन्ने धर्मसंकटमा बाबुराम

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 8.8K
    SHARES

  • जसपा सरकारमा गए पार्टी छाड्ने कि ओलीलाई काँध थाप्ने भन्ने धर्मसंकटमा बाबुराम

    काठमाडौं -  जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिले संकटमा परेका छन् । आफूले सधैं केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्दै आए पनि उनकै पार्टीै जसपा सरकारमा सामेल हुने अन्तिम तयारी गरेपछि बाबुराम धर्मसंकटमा परेका हुन् ।

    माओवादी केन्द्र र नेपाली कांग्रेसले साथ नदिने भएकाले ओलीले जसपासँग सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । ओलीको यो प्रस्तावले सबैभन्दा अप्ठेरो अवस्थामा बाबुराम पुगेका छन् ।

    हिजोसम्म ओलीलाई एक मिनेट पनि सत्ताको कुर्सीमा बस्न दिनु हुन्न, सबैले मिलेर फाल्नुपर्छ भन्ने बाबुरामकै पार्टी जसपा ओलीको काँध थाप्न तयार भएपछि उनलाई नैतिक संकट आइपरहेको हो । त्यही भएर बाबुरामले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताएका छन्।

    बिहीबार राति ट्वीट गर्दै उनले देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको बताएका हुन् ।

    ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’ आफ्नै पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो असन्तुष्टि पोखेका हुन् ।

    उनी बिहीबार बालुवाटारमा भएको जसपा र सरकारबीचको वार्तामा पनि सहभागी भएनन् । यदि जसपाको बहुमत ओली सरकारमा सामेल भएमा बाबुरामले पार्टी छाड्लान् कि ओलीको सरकार अझै दुई वर्ष टिकाउलान् ? भन्ने चासो देखिएको छ ।

    नयाँ शक्ति, संघीय समाजवादी हुँदै जसपा आइपुगेका बाबुरामले केही समयपछि पार्टी छाडे अचम्म नमाने हुने उनी निकट नेताहरू बताउँछन् । स्रोतका अनुसार चुनावको मुखैमा उनी प्रचण्डले नेतृत्व गरेको पार्टीमा प्रवेश गर्नेछन् र त्यही पार्टी पार्टीबाट निर्वाचन लड्ने छन् ।

    अघिल्लो निर्वाचनमा उनी कांग्रेसको सहयोगमा प्रतिनिधिसभामा विजयी भएका थिए । तर, चुनाव जितेलगत्तै उनले कांग्रेसलाई गाली गर्न थालिहाले । त्यही भएर अब बाबुरामलाई सहयोग नगर्ने निष्कर्षमा कांग्रेस पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend