काठमाडौं - सर्वोच्च अदालतले ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । तर पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले प्रधानमन्त्री केपी ओली बहुमतकै अवस्थामा छन् ।
हिजो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा सामेल माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डेसहितका नेता अब एमालेमै छन् । तिनीहरूलाई कसरी समेटेर ओलीले अघि लैजालान् भन्ने चासो सर्वत्र देखिएको छ ।.
एमालेमा माधव नेपाल बलियो अवस्थामा छ । जिल्लादेखि स्थायी कमिटी र पदाधिकारीमा बहुमत छ । यदि ओली सरकार ढाल्न सक्न अब कसैले भने त्यो माधव नेपालले मात्र हो । नत्र अरु नै बलियो समीकरण बन्नुपर्ने हुन्छ ।
यदि केही दिनभित्र माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा उनले बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । त्यसका लागि ओलीको बलियो सत्ता साझेदार जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो हुन सक्ने देखिएको छ ।
एमाले र जसपाको बहुमत सांसद आएमा ओलीलाई १३६ सिट सजिलै पुग्छ । त्यसबेला दुई–चार सांसद अनुपस्थित गराउन सकेमा ओली सरकार सजिलै ढल्छ ।
जसरी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफ्नै पार्टीका दुई सांसद उपस्थित नभएपछि उनको सरकार ढलेको थियो । पछि कांग्रेसबाटै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । गिरिजाप्रसादकै निर्देशनमा दुई सांसद भोट हाल्ने बेला अनुपस्थित भएका थिए ।
देउवालाई संसदीय दलको नेताबाट हटाएर कोइराला दलको नेता बनेका थिए । त्यस्तो अवस्था आउन सक्ने परिस्थिति पनि देखिन्छ । यदि ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् भने उनले स्वतः राजीनामा दिनुपर्नेछ ।
यस्तो अवस्थामा कि अर्कै दलको नेतालाई प्रधानमन्त्री स्वीकार्नुपर्ने हुन्छ कि त एमालेबाटै विकल्प खोज्नुपर्ने हुन्छ । यस्तो अवस्थामा माधव नेपाल संसदीय दलको नेता बन्ने अवस्था पनि बाँकी नै छ । तर, माधव नेपालले त्यो आँट गर्न सक्छन् कि सक्दैनन् भन्ने एकिन छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।