काठमाडौं – रुपन्देहीमा शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि भएको ढुंगा प्रहारको घटनामा आफ्नो समर्थन रहेको जनाउँदै पूर्वमन्त्री घनश्याम भुसालले विज्ञप्ति निकालेका छन् ।
शुक्रवार रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रमलाई स्थानीयले मन्त्री पौडेलको विरोध गर्दै ढुंगामुढा प्रहार गरेका थिए ।
मन्त्री पौडेलमाथि ढुंगा प्रहारपछि प्रहरीले बल प्रयोग गर्दा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका थिए । स्थानीयको अवरोधपछि मन्त्री पौडेल भाषण गर्दागर्दै भाग्नुपरेको थियो ।
जनताले प्रतिरोध गरेको घटनालाई नेकपा प्रचण्ड–नेपाल पक्षका नेता तथा स्थानीय सांसद घनश्याम भुसालले समर्थन रहेको जनाएका छन् ।
यस्तो छ भुसालको विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।