काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि आईतबार भारतको नयाँदिल्ली जाने भएका छन् ।
पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायु सेवा निगमको जहाजबाट नयाँदिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताएका छन् ।
पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा जान लागेका हुन् ।
पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारका क्रममा भट्टराईसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।