आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतम गृहमन्त्री बन्न लागेका हुन् ? बाहिर ल्याइयो भित्रि कुरा

बामदेव गौतम गृहमन्त्री बन्न लागेका हुन् ? बाहिर ल्याइयो भित्रि कुरा

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 6.5K
    SHARES

  • बामदेव गौतम गृहमन्त्री बन्न लागेका हुन् ? बाहिर ल्याइयो भित्रि कुरा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा एकता राष्ट्रिय अभियान सञ्चालन गरेका संयोजक बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने हल्ला चलेको छ ।

    गृहमन्त्री हुने हल्ला चलेपछि गौतमले स्पष्टीकरण दिएर भित्रि कुरा बाहिर ल्याएका छन् । गौतमले भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् । 

    उनले आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै भ्रामक समाचार लेखेकोप्रति आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी २ पक्षमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा लागेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा एउटा तथा ओली नेतृत्वमा अर्को समूह बनेपछि गौतमले नेकपा एकता अभियान चलाएका छन् ।

    ओली सरकारमा गृहमन्त्री बनेर जान लागेको भन्दै आफ्नो विषयमा समाचार सार्वजनिक भएपछि गौतमले भ्रममा नपर्न अनुरोध गरेका छन् ।

    ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एक पटक सतहमा आएको छ । केही सञ्चारमाध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर बामदेव जाँदैछन् भन्ने गÞलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ,’ गौतमले भनेका छन्, ‘मेरा सबै मित्रहरूलाई यस किसिमका भ्रामक समाचारहरूलाई विश्वास नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend