शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

छ महिनाभित्रै निर्वाचन आयोगले निर्वाचन गराउनु पर्छ : देउवा

छ महिनाभित्रै निर्वाचन आयोगले निर्वाचन गराउनु पर्छ : देउवा

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 4.1K
    SHARES

  • छ महिनाभित्रै निर्वाचन आयोगले निर्वाचन गराउनु पर्छ : देउवा

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गरेको छ महिनाभित्रै निर्वाचन आयोगले निर्वाचन गराउनुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभा विघटनको विरोधमा रुपन्देहीको भैरहवामा आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले आगामी वैशाखमा निर्वाचन आयोगले निर्वाचन गराउनुपर्ने बताएका हुन् ।

    'म आयोगलाई यहीँबाट भन्नु चाहन्छु– ओलीले संसद् विघटन गरेको छ महिनाभित्रै गराइसक्नुपर्छ । संविधानमा पनि यही प्रावधान छ । ओलीले वैशखमा चुनाव गराउँछु भन्दै आएका छन् । तर यो निर्वाचन आयोग किन भन्दैन । आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको छ,” सभापति देउवाले भने ।

    उनले निर्वाचन आयोग संविधानभन्दा बाहिर जान नपाउने पनि जिकिर गरे । 'निर्वाचन आयोग संविधानभन्दा बाहिर जान पाउँछ ?,' सभापति देउवाले प्रश्न गरे ।

    उनले निर्वाचन आयोगले बदमासी गर्न खोजेको पनि आशंका व्यक्त गरे । 'निर्वाचन आयोग छ नि, आफ्नो निर्णय नै गर्दैन । चुनाव चिह्न दिइराको छैन । आयोगले बदमासी गर्ने जस्तो छ,' सभापति देउवाले भने, 'किन निर्वाचन कार्यक्रम बाहिर ल्याउँदैन । निर्वाचन गराउने हो भने किन प्रक्रिया सुरु गरेको छैन ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend