काठमाडौं - यतिबेला जसपा संघीय अध्यक्ष डा.बाबुराम भट्टराईमा धेरै ठूलो छटपटी देखिएको छ । माओवादी छाडेर नयाँ शक्ति, संघीय समाजवादी पार्टी हुँदै जसपामा प्रवेश गरेका बाबुराम आगामी निर्वाचनमा आफ्नो हैसियत के हुने हो भनेर चिन्तामा परेका छन् ।
माओवादी हुँदा पहिलो र दोस्रो संविधानसभा निर्वाचन जितेका बाबुराम २०७४ को निर्वाचनमा कांग्रेसको फेर समाएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
उनले माओवादी र एमालेका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरे । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका बाबुरामले संसद् गएलगत्तै कांग्रेसलाई गाली गर्न थाले । अहिले पनि उनी कांग्रेसलाई गाली गर्दै आएका छन् ।
कांग्रेसले कहिले झर्ला र खाउँलाको नीति अवलम्बन गर्दै आएको भन्दै उनले संयुक्त आन्दोलनमा जान कांग्रेससँग आग्रह गर्दै आएका छन् । तर, कांग्रेसमाथि नै उनले प्रहार गर्न थालेपछि अहिले उनलाई कांग्रेस नेताहरुले भाउ दिन छाडेका छन् ।
अबको निर्वाचनमा कांग्रेसले सहयोग नगरेमा बाबुरामले कसरी निर्वाचन जित्छन् ? अहिलेदेखि नै चासो उत्पन्न भएको छ । जबसम्म कांग्रेस सशक्त ढंगले सडकमा ओर्लिदैन, तबसम्म ओली प्रतिगमन परास्त हुँदैन ।
कांग्रेसले निर्वाचन अस्वीकार गरेमा मात्र सरकार संकटमा पर्ने हो । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन नचाहँदैमा केही हुन्न, जबसम्म कांग्रेसले मुख खोल्दैन, प्रचण्ड–बाबुरामको केही पनि लाग्दैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।