काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विस्तारै प्रधानमन्त्री केपी ओलीविरुद्ध खुल्न थालेका छन् । बाहिरी रूपमा ओलीप्रति सफ्ट देखिएका भित्री रूपमा भने निकै कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।
ओलीको संविधान विपरीत प्रतिनिधिसभा विघटनको निर्णयले देश अँध्यारो सुरुङमा फसेको निष्कर्ष उनले आफू निकटस्थ नेताहरूसँग निकालेका छन् ।
स्रोतका अनुसार देउवाले पार्टीभित्र बारम्बार ओलीको कदम संविधानअनुसार गलत रहेको भन्दै विरोध गरे पनि आफ्नो बुझाईलाई अनेक अर्थ लगाएको भन्दै गुनासो पनि गरेका छन् ।
आफ्ना अतिनिकटस्थ नेताहरूसँग देउवाले ओलीले वैशाखमा मात्र होइन, मंसिरमा पनि निर्वाचन नगराउने बताउन थालेका छन् । संविधान च्यातेर र देशका संवैधानिक अंग निष्क्रिय बनाएर ओली खतरनाक बाटोमा हिँड्न खोजेको उनले महसुस गरेका छन् ।
सडक आन्दोलन गर्दा कांग्रेसजस्तो पार्टीले धेरै विषयमा विचार पुर्याउनुपर्ने भन्दै देउवाले आन्दोलनको नेतृत्व अर्काको हातमा पुग्न नदिन विशेष चनाखो हुनुपर्ने निर्देशन दिएका छन् ।
ओलीले जुनबेलासम्म आफ्नो दुई तिहाइ बहुमत आउँदैन, तबसम्म चुनावमा नजाने रणनीति अख्तियार गरेको सूचना आफूले फेला पारेको देउवाले सुनाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।