आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्य दोषी ४ नेताको नाम गगन थापाबाट खुलासा, कीर्तेप्रसाद ओलीदेखि प्रचण्डसम्म यसरी मुछिए !

मुख्य दोषी ४ नेताको नाम गगन थापाबाट खुलासा, कीर्तेप्रसाद ओलीदेखि प्रचण्डसम्म यसरी मुछिए !

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 4.7K
    SHARES

  • मुख्य दोषी ४ नेताको नाम गगन थापाबाट खुलासा, कीर्तेप्रसाद ओलीदेखि प्रचण्डसम्म यसरी मुछिए !

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा संसद विघटन गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख ४ नेताहरू मुख्य दोषी रहेका खुलासा गरेका छन् ।

    ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिवार बिहान आयोजित कांग्रेसको विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल संसद विघटनमा दोषी रहेका बताए ।

    नेता थापाले संविधानलाई सही बाटोमा ल्याउन कांग्रेसका नेताहरु मिलेर आन्दोलन गर्नुपर्ने बताएका छन् । ‘एकजुट भएर, एकताबद्ध भएर संघर्ष गर्नुछ,’ नेता थापाले भने, ‘संविधानलाई सही बाटोमा ल्याउनुछ ।’

    प्रधानमन्त्री ओलीको नाम कीर्तेप्रसाद ओली रहेको उनले बताए । ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको नाम केपी ओली होइन, कीर्तेप्रसाद ओली हो,’ थापाले भने, ‘संविधानमा नभएको प्रावधान टेकेर संसद विघटन गर्नुभएको छ ।’

    संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई एकपल्ट पनि नहेरी विघटन गरेको भन्दै उनले आक्रोश पोखे । ‘संविधान विपरीत संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली जति जिम्मेवार छन्, त्यति नै जिम्मेवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि छन्,’ थापाले भने, ‘प्रधानमन्त्री बन्ने लोभमा संसद विघटन गर्ने अवस्था सिर्जना गरेका छन् । नेकपाको व्यक्तिगत मनमुटावले संसद विघटन भएको छ ।’

    कांग्रेसभित्र सानातिना कुरा र मनमुटावलाई भुलेर नेकपा र नेकपाको सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउन उनले अनुरोध गरेका छन् ।

    ‘सबै मनमुटाव भुलेर हामी एक हुनुपर्छ । संविधान मात्रै होइन । देश संकटमा परेको छ । संसद पुनःस्थापना हुनुपर्छ,’ नेता थापाले भने, ‘नेकपाभित्रको कलहले देशलाई बर्बाद बनाएका छन् । कुर्सीको लागि संविधान मिच्ने काम भएको छ । संसद विघटन जनताको लागि होइन ।’

    नेकपाका नेताको टकरावले जनताले सजाय नभोग्ने समेत उनले बताए । ‘नेकपाले देश र जनताका लागि घात गरेको छ,’ उनले भने, ‘ओलीले संविधानमाथि अपराध गर्नुभएको छ । जनताले दण्ड दिन्छन् ।’

    विरोध कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, मीनकृष्ण महर्जन, गजेन्द्र महर्जन, मुना अधिकारी सहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    विरोध कार्यक्रममा नेवारी धिमे बाजा बजाइएको थियो । विरोध सभामा युवाहरूको व्यापक सहभागिता रहेको थियो भने विरोध जुलुसको युवा नेता मीनकृष्ण महर्जनले नेतृत्व गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०१:१२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend