काठमाडौं – नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको आरोप लगाएका छन्। शनिबार बिराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए ।
‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली हुन् । उनलाई आवश्यक रहुञ्जेल प्रयोग गर्छन् र फालिदिन्छन् । शर्माले अगाडि भने, ‘केपी ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे ।’
नेकपा दुई भागमा विभाजन भइसकेपछि शर्मा प्रचण्ड–नेपाल पक्षका नेता हुन्। उनी विशेष गरी प्रचण्ड निकटका नेता हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।