काठमाडौं – सत्तारुढ नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
सचिवालय बैठक बस्ने मितिको अघिल्लो दिन सोमबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै शर्माले अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने बताएका हुन्।
‘‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले मंगलबार कै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनुहुनेछ,’ शर्माले अन्तर्वार्तामा भनेका छन्, ‘अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ।’ अध्यक्ष ओलीले गरेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्थायी कमिटीले समर्थन गर्ने उल्लेख गर्दै नेता शर्माले त्यसमा अर्का अध्यक्ष प्रचण्डको पनि सहमति रहने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।