काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले ‘ओली प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व तीन राजनीतिक धारको भएको बताएका छन्। पूर्वप्रधानमन्त्री डा.भट्टराईले देशमा विभिन्न मितिमा राजनीतिक परिवर्तन ल्याउने तीन आन्दोलन र संघर्षको नाम लिँदै तिनैका नेतृत्वकर्ताले अहिले पनि संघर्ष गर्नुपर्ने सुझाव दिएका हुन्।
डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा ठोस उपलब्धी सहितका तीन क्रान्तिकारी आन्दोलनहरू यी हुन्, १) कांग्रेस नेतृत्वको २००७ सालको क्रान्ति, जसले उदार लोकतन्त्र ल्यायो, २) माओवादी जनयुद्ध जसले गणतन्त्र ल्यायो, ३) मधेस विद्रोह जसले संघीयता ल्यायो। अतः तीन धारको काँधमा ओली प्रतिक्रान्तिविरूद्ध लड्ने मूल दायित्व छ है !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।