काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुने टिप्पणी गरेका छन् ।
माजिक सञ्जाल ट्विटरमा विचार व्यक्त गर्दै अध्यक्ष भट्टराईले संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण रहेका बताए । उनले लेखेका छन्, संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो ।
ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्म, आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बाककस न बजे बाककसुरी हुनेछ ।
सबैलाई चेतना भया ’ सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रतिपक्षी दलहरू आन्दोलनमा रहेका छन् । डा। भट्टराईले यतिबेला निर्वाचनभन्दा पनि आन्दोलनलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।