काठमाडौं – संसद विघटनको विरोध गर्दै आएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले नयाँ सरकार बन्ने तर, संसद विघटन नहुने टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद विघटन हुन नसक्ने तर्क पेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गर्दै आएका उनले संसद विघटन गरिएपछि ओलीविरुद्ध थप कडा अभिव्यक्ति दिँदै आएका छन् । यसैक्रममा सोमबार राति दिग्गज मानिएका केही बौद्धिक मित्रलाई संविधान निर्मातामध्ये एकको नाताले हल्का ‘रिमाइन्डर’ भन्दै भट्टराईले दुई सवाल राखेका छन् ।
पहिलोमा भट्टराईले ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभइ बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुन नसक्ने नयॉ प्रणाली हो’ भनेका छन् । अर्थात उनले बहुमत कसैले पुर्याउन सक्ने अवस्थामा विघटन नभइ नयाँ सरकार बन्नसक्ने बताएका छन् ।
यस्तै भट्टराईले ‘क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविद्को नभइ क्रान्तिकारी नेताहरू र व्यवहारिक रूपमा विषयगत समिति सभापति र संवैधानिक समितिका सभापतिको हुन्छ’ भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।