काठमाडौँ- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आइतबार नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले बताएको छ ।
‘अध्यक्ष प्रचण्ड बालुवाटारबाट फर्किएपछि प्रधानमन्त्रीको कदमबारे थप छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार जानुभएको छ’, स्रोतले भन्यो, ‘अहिले दुई नेताबीच छलफल जारी छ।’
मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। यसैक्रममा बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।