बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश 

चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश 

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 10.0K
    SHARES

  • चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश 

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह सशंकित बनेका छन् । 

    प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउने अस्त्रको रुपमा अध्यादेशलाई ल्याएको र शक्तिको दुरुपयोग गरेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । तर, प्रधानमन्त्री ‌‌ओलीले अध्यादेश ल्याउनुभन्दा अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेट गरेको पुष्टि भएको छ । 

    मंगलबार प्रधानमन्त्री ओलीले अध्यायदेश ल्याउनुभन्दा एक साताअघि चिनियाँ राजदूत यान्छीसँग भेट भएको थियो । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूतबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । मंगलबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच दुई घण्टा कुराकानी भएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । 

    सुरक्षा स्रोतले भेटबारे पुष्टि गर्दै भन्‍यो, "चिनियाँ राजदूत मंगलबार साँझ करिब दुई घण्टा बालुवाटारमा हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्रीज्यूसँग वार्ता गर्नु भएको छ ।" 

    उनीहरुबीच पार्टीलाई एकताबद्ध र सरकारलाई पनि चलायमान बनाउने विषयमा छलफल भएको बताइएको छ । उनले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद समाधान लागि भूमिका खेल्‍न जोड दिएकी छन् । 

    सत्तारुढ नेकपाभिको विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओली कयौं बैठकमा उपस्थित समेत भएका थिएनन् । उनले चिनियाँ राजदूतसँगको भेटपछि अध्यायदेश ल्याएका थिए ।

    अध्यादेशपछि उनले फिर्ता गर्ने सहमति गरेर स्थायी कमिटी बैठकमा उपस्थिति भएर ५ दिन सार्न सफल भए पनि अध्यादेश फिर्ता भने लिएका छैनन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend