काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको रक्षक राष्ट्रपति आफैं भक्षक भएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन्।
‘जो रक्षक उही भक्षक बन्दै संविधानको संरक्षक हुनुपर्ने राष्ट्रपतिबाटै संविधानको हुर्मत, देशका कार्यकारी प्रमुख प्रमद्वारा पटकपटक अध्यादेशमार्फत लोकतन्त्रको चीरहरण,सत्ताधारी दल सत्तास्वार्थनिम्ति संसद नबोलाई राष्ट्रपति र प्रमको ढाल बन्न उद्यत हुन्छ भने विपक्षी दलहरूले संसद् बोलाउने आँट गरौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।