बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट हटाऊदै !

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट हटाऊदै !

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 7.4K
    SHARES

  • राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट हटाऊदै !

    काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्ताव ल्याएर हटाउन माग गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली स्वेच्छारी ढंगले अघि बढेको निष्कर्षसहित तरुण दलले दुवैलाई हटाउन माग गरेको हो ।

    ‘राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ,’ तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यसका लागि तरुण दलले पार्टीले सुरु गरेको आन्दोलनमा सशक्त ढंगले भाग लिने घोषणा पनि गरेको छ । महिनौंदेखि संसदलाई बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको तरुण दलले ठहर गरेको छ ।

    तरुण दलले अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न पनि चेतावनी दिएको छ । हाम्रो माउ पार्टी नेपाली कांग्रेसले सर्बसत्ताबादविरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने जानकारीसमेत गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend