बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओलीको निर्णय संसदीय सुनुवाइ समितिले फालिदिने

ओलीको निर्णय संसदीय सुनुवाइ समितिले फालिदिने

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 4.3K
    SHARES

  • ओलीको निर्णय संसदीय सुनुवाइ समितिले फालिदिने

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले एकलौटी रूपमा संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्त गर्न खोजिरहेका छन् । यस विषयमा उनले आफ्नै पार्टीभित्र पनि छलफल गरेका छैनन् ।

    प्रधानमन्त्री ओलीले जबर्जस्त संवैधानिक अंगका पदाधिकारी नियुक्ति गरेमा त्यो निकै विवादित हुने संकेत देखिएको छ । मंगलबार राखेको संवैधानिक परिषद्ले गरेका निर्णयबारे बाहिर केही सार्वजनिक गरिएको छैन ।

    विवाद हुने डरले मंगलबार निर्णय नसुनाइएको बताइएको छ । त्यसैले आज सरकारले संवैधानिक परिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

    यदि प्रधानमन्त्री ओलीले संवैधानिक अंगमा नियुक्तिको सिफारिस गरे पनि त्यो नाम संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही कारण संसदीय सुनुवाइ समितिले सरकारले गरेको निर्णय स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने निर्भर रहन्छ ।

    प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको विषयमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

    नेकपाको आज बस्ने स्थायी कमिटी बैठकले ओलीलाई आफ्नो निर्णय फिर्ता लिन निर्देशन दिने भएको छ । कांग्रेसले आजै पदाधिकारी बैठक बोलाएको छ । आफ्नो आग्रह नमानेमा ओलीले गरेका निर्णय अस्वीकार गर्ने दुवै दलको तयारी छ ।

    यसको संकेत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएका छन् । उनले बुधबार एक सञ्चारमाध्यमलाई भनेका छन्, ‘मलाई यो बेलामा परिषद्ले निणय गर्ने धृष्टता गर्दैन भन्ने लाग्छ ।

    अध्यादेशमा यतिधेरै विवाद भएपछि प्रधानन्यायाधीशलाई संकोच लाग्ला । यस्तोमा उनले कसरी निर्णय गर्न सक्छन् । विवादास्पद विषयमा जबर्जस्त निर्णय गरे संसदीय सुनुवाइ समितिले नै त्यस्तो निर्णयलाई फाल्दिने छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend