काठमाडौं – सत्तारुढ नेकपाका उपाध्यक्ष उपाध्यक्ष बामदेव गौतमले जबरजस्ती अध्यादेश ल्याउँदा संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् । उनले अध्यादेशले ऐन संशोधन गर्न पाइने भएपनि संविधान संशोधन गर्न नपाइने बताउँदै अहिले जारी भएको अध्यादेशले एकैपटक ऐन र संविधान दुवैलाई संशोधन गरेको बताएका छन् ।
उनले अहिले जारी भएको अध्यादेश नेपालको संविधान विरुद्धसमेत रहेको बताएका छन् । उनले भनेका छन्, यो अध्यादेश नेपालको संविधानको भावना विरुद्ध पनि छ । यो अध्यादेश नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयका विरुद्धमा पनि छ ।
उनले लेखेका छन्, ‘अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ।कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ। त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ। जवरजस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ। अहिले त्यही भएको छ। यो नेपालको संविधानको भावना विरुद्ध पनि छ। यो अध्यादेश नेकपाको सचिवालय र स्थाई कमिटीको भदौ २६ को निर्णयका विरुद्ध पनि छ।’
आफूअनुकूल संवैधानिक नियुक्ति गर्ने मनासयका साथ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।