बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

दिल्लीको निमन्त्रणा कुर्दै प्रधानमन्त्री ओली 

दिल्लीको निमन्त्रणा कुर्दै प्रधानमन्त्री ओली 

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.7K
    SHARES

  • दिल्लीको निमन्त्रणा कुर्दै प्रधानमन्त्री ओली 

    काठमाडौं - प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाने चर्चा सुरु भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी थालेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर ३० गते भारत भ्रमणमा जाँदैछन् । नयाँ दिल्लीबाट फर्केलगत्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी सुरु हुने स्रोतले बताएको छ ।

    नेपालको तीन दिन भ्रमण पूरा गरेर फर्केका बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री ओली र भारत सरकारबीच सम्बन्ध सुधारको प्रयास गरेका थिए । 

    चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति निकट नेता मानिन्छन् । प्रधानमन्त्री ओली धेरै समयदेखि भारतसँग सम्बन्ध सुधारको प्रयासमा थिए । उनको त्यो मक्सदलाई चौथाइवालेको भ्रमणले पूरा गरिदिने देखिएको छ । 

    चाँडै भारतले ओलीलाई राजकीय भ्रमणको लागि निमन्त्रणा गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेकपामा देखिएको किचलो सल्टाउन पनि ओलीले नयाँ दिल्लीको भ्रमण हुनै पर्ने निष्कर्ष निकालेको उनी निकट नेताहरु बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend