बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने ओलीकै भारत भ्रमणको तयारी

भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने ओलीकै भारत भ्रमणको तयारी

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.5K
    SHARES

  • भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने ओलीकै भारत भ्रमणको तयारी

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा चर्चा चल्न थालेको छ। भारतको तर्फबाट लगातार उच्चस्तरीय नेपाल भ्रमण भइरहेको बेला प्रधानमन्त्री ओली पनि भारत भ्रमणमा जाने विषयमा चर्चा चलेको हो। भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने ओलीको

    आफ्नै चाहनामा भारत भ्रमणको विषयमा छलफल सुरु भएको हो। नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै चिसिएको सम्बन्ध अझै प्रगाढ बन्न सकेको छैन। सोही प्रकरणमा नेपाल र भारतबीच दुरी बढेपनि पछिल्लो पटक समस्या समाधानका लागि पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीकै भारत भ्रमणको चर्चा सुरु भएको हो। प्रधानमन्त्री ओली यसअघि दोस्रो पटक प्रधानमन्त्री भएसँगै २०७४ चैतमा भारत भ्रमणमा गएका थिए। भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको छ ।

    यसैबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण हुँदैछ। नेपाल–भारतबीच विभिन्न तहमा छलफल भइरहेको र त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीको भारत भ्रमण हुने बताइएको छ। सीमा विवादलगत्तै नेपालले पटक पटक समस्या समाधानका भारतसँग आग्रह गर्यो । त्यसका लागि पहल पनि गर्यो । तीन पटक पत्र नै पठायो । तर भारत सरकारको तर्फबाट कुनै रेसपोन्स नै आएन । यहीबीचमा भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको टेलिफोन संवाद भएपछि छलफलको प्रक्रिया सुरु भएको थियो ।

    त्यसको केही महिनापछि भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओलीसहित केही नेतालाई भेटेर फकिए भने भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आएका थिए । उनी नेपाल आएर राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री ओलीलगायतका व्यक्तित्वसँग भेटेर फर्केपछि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंला आए ।

    उनी पनि प्रधानमन्त्री ओलीसहित केही शीर्ष व्यक्तित्वलाई भेटेर फर्केका थिए । उनी फर्केर गएरपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल आएर सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुलाई भेटेर फर्किसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend