शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्ड–नेपाल एक्सनमा उत्रिए, यसरी जाँदै छ केपी ओलीको एक पद

प्रचण्ड–नेपाल एक्सनमा उत्रिए, यसरी जाँदै छ केपी ओलीको एक पद

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 4.0K
    SHARES

  • प्रचण्ड–नेपाल एक्सनमा उत्रिए, यसरी जाँदै छ केपी ओलीको एक पद

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अब प्रधानमन्त्रीसमेत रहेका केपी ओलीलाई एक पद जसरी पनि मुक्त बनाउने तर्फ मोडिएको छ। नेकपा भित्रको विवाद अब बहुमतबाट वारपार हुने पक्का भएको हो । गत आइतबार स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूले सहमतिका लागि पहल गर्न १० दिनको समय मागेका थिए।

    सात दिनको समय दिएर स्थायी समिति बैठक स्थगित भएको थियो। आइतबार फेरि स्थायी कमिटी बैठक बस्दैछ। पछिल्ला पाँच दिनमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक पटक मात्रै भेटघाट भएको छ। दोस्रो तहका नेताहरुबिच पनि विवाद मिलाउनेतर्फ खासै छलफल हुन सकेको छैन।

    सकेसम्म स्थायी कमिटी बैठकबाट दुबै अध्यक्षका दस्तावेजलाई मिलाएर साझा प्रस्ताव बनाउने प्रधानमन्त्री ओली पक्षधरको योजना छ। अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भने प्रधानमन्त्री ओली कम्तीमा एक पद छाड्न तयार नभएमा केन्द्रीय कमिटीबाटै छिनोफानो गर्ने तयारी गरिरहेका छन्। स्थायी कमिटीमा पेश भएका पत्र र राजनीतिक प्रस्तावहरू केन्द्रीय कमिटी बैठकमा जाने प्रचण्ड–नेपाल खेमाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

    सबै प्रस्तावहरु केन्द्रीय कमिटिमा लगेर बहुमतबाट निर्णय गर्दै गर्दा प्रचण्ड नेपालको भारी बहुमत हुने पक्का छ। अहिले नेकपामा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सबै ठाउँमा ओली अल्पमतमा छन्। त्यति मात्रै होइन संसदमा पनि ओली अल्पमता पर्ने देखिन्छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend