काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा निगरानी बढाइएकाृ छ। सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।
नेकपा अध्यक्ष समेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराही जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिए लगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि पनि उनको सवारी चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गराएर सवारी चलाएका थिए ।
विगतमा यस्तो अभ्यास थिएन । सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।