बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपालाई ‘बायकट’, राजावादीको दुख्यो टाउको

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपालाई ‘बायकट’, राजावादीको दुख्यो टाउको

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 5.2K
    SHARES

  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपालाई ‘बायकट’, राजावादीको दुख्यो टाउको

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक सुुरु हुनेवित्तिकै प्रधानमन्त्री ओलीले सर्बैलाई स्वागत गर्दै बैठकको उद्देश्यबारे प्रकाश पारेका थिए ।

    उनले देशमा कोरोना भाइरसको महामारी र रोकथाम, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा पछिल्लो समय देशभर राजतन्त्रका समर्थकको आन्दोलन र प्रदर्शनलाई लिएर चिन्ता जाहेर गरेका थिए ।

    बैठकमा सत्तारुढ नेकपाबाट अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधबकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी छन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत तथा संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी छन् ।

    तर, बैठकमा राप्रपाबाट कसैलाई पनि बोलाइएन । राप्रपाकै नेतृत्वमा देशभर आन्दोलन भएपछि ओली आक्रोशित छन् । सोही कारण राप्रपालाई नबोलाइएको हो ।

    ओलीले जिताएका राजेन्द्र लिङ्देनले उनलाई झापाबाटै चुनौती दिएपछि उनी रिसाएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend