काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ। बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
उनका अनुसार ‘समसामयिक राष्ट्रिय राजनीतिका विषयमा’ संवाद गर्न बैठक राख्न लागिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी हुनेछन्। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेको तथा देशभर राजवादीको प्रदर्शन बढिरहेका बेला आह्वान गरिएको सर्वदलीय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।