काठमाडौं - एक महिनादेखि निर्वाध रूपमा सडकमा गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरेर विरोध प्रदशर्न भइरहे पनि सरकारले बेवास्ता गर्दै आएको थियो ।
हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनासहितको माग लिएर काठमाडौं, चितवन, हेटौडा, वीरगन्ज, झापा, बुटवल, नेपालगन्ज, पोखरामा हजारौंको जुलुस निकालेपछि सरकार गम्भीर बनेको छ ।
त्यसमा पनि आफैंले जिताएका राजेन्द्र लिङ्देनले गणतन्त्र फाल्छौं भनेपछि प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
राजावादीहरूले अहिलेको आन्दोलन कास्टिङ मात्र भएको भन्दै सशक्त प्रदर्शनको चेतावनी दिएपछि प्रधानमन्त्री ओली गम्भीर बनेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउन ओलीले राप्रपाका लिङ्देनलाई सहयोग गर्दै एमालेको उम्मेवार उठाएनन् ।
एमालेको भोट राप्रपालाई हाल्न लगाएका थिए । अहिले तिनै राजेन्द्र लिङ्देनले झापाबाटै ओलीलाई हुँकार गरेका छन् । उनले गणतन्त्र फालेर राजसंस्था ल्याउने उदघोष गरेका छन् ।
राजावादीको विशाल प्रदर्शनपछि ओली डराएका छन् । अहिलेसम्म बेवास्ता गर्दै आएको ओलीले मंगलबारका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।