बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओलीले जो जो बोके तिनले नै अहिले उनलाई सिध्याउँदै, को को बने गलपासो ?

ओलीले जो जो बोके तिनले नै अहिले उनलाई सिध्याउँदै, को को बने गलपासो ?

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 9.9K
    SHARES

  • ओलीले जो जो बोके तिनले नै अहिले उनलाई सिध्याउँदै, को को बने गलपासो ?

    काठमाडौं - प्रधानमन्त्री केपी ओली यतिबेला निकै संकटमा परेका छन् । अगाडि बढौं ठूलो भीर छ, पछाडि फर्कौ पहिरो छ । त्यसैले अहिले उनी अक्करमा परेका छन् ।

    कुनै समयका हाईहाई ओली अहिले किन यस्तो चरम अलोकप्रिय बने भन्ने विश्लेषण हुन थालेको छ । तर, यी सबै उनले च्यापेकै केही मान्छेका कारण पनि ओली संकटमा पर्दै आइरहेका छन् । तत्कालीन एमालेलाई एक्लै बहुमतको अवस्थामा ल्याउन सक्ने खुबी ओलीको थियो ।

    भारतीय नाकाबन्दीका बेला कथित राष्ट्रवादी मुखुण्डो भिरेर उनले लोकप्रियता हासिल गरेका थिए । त्यसैबेलादेखि हो उनले आफूलाई देशकै सुप्रिमो ठानेको ।

    बहुमतको प्रधानमन्त्री बनेपछि तत्कालीन माओवादी केन्द्रलाई एमालेमा मिसाएर माओवादीको अस्तित्व नै मटियामेट पारिदिएका ओलीले चुनावकै बेला मधेस केन्द्रित दलका नेता राजेन्द्र महतो र राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई सिट छाडेर चुनाव जिताइदिए ।

    आज राजेन्द्र महतो र राजेन्द्र लिङ्देन ओलीका लागि गलपासो बनेका छन् । यदि तत्कालीन एमालेको भोट नपाएका भए यी दुवैले चुनाव जित्दैनथे । यिनलाई हराएर कांग्रेसका विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सांसद बन्थे ।

    निधि र सिटौला जस्ता परिपक्व नेता संसदमा हुँदा ओलीलाई निकै भरथेग हुन्थ्यो । तर, कांग्रेस सिक्याउने नाममा ओलीले लिङ्देन र महतो बोके । अहिले तिनै गलपासो बनेका छन् । लिङ्देनले देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको अगुवाइ गरिरहेका छन् ।

    झापामै ओलीभन्दा शक्तिशाली बनिसकेका छन् । महतोले त ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेर प्रधानमन्त्री ओलीप्रति कडा प्रहार गरिरहेका छन् । त्यति मात्र होइन, ओलीलाई अहिले आफ्नै नेताले धोखा दिने देखिएको छ ।

    उनले बोकेका ईश्वर पोखरेल र विष्णु पौडेलले पनि उनलाई साथ छाड्ने देखिएको छ । उनले मन्त्री बनाएका गोकुल बास्कोटाले त बदनाम नै बनाइदिए ।

    भ्रष्टाचारमै चुर्लुम्म डुबेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि उनलाई खुइल्याउन बाँकी राखेका छन् । झन् उनैले प्रेस सल्लाहकार बनाएका सूर्य थापाले गर्दा अधिकांश नेकपा नेता बालुवाटारसँग बिच्केका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend