काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले देशको संकट समाधानका लागि एउटै दिगो उपचार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली भएको दाबी गरेका छन्।
त्यस्तो राष्ट्रपतिले सक्षमरस्थिर नेतृत्व दिने उल्लेख गर्दै डा.भट्टराईले साथमा पूर्ण समानुपातिक संसदीय व्यवस्था अपनाउन सबैसँग आग्रहसमेत गरेका छन्। ‘अहिले दुईतिहाइ सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामीको ताउरमाउरको एउटै दिगो इलाज हो– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम र स्थिर नेतृत्व दिनेछ,’ ट्विटरमा डा भट्टराईले लेखेका छन्, ‘पूर्ण समानुपातिक संसद (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ), सबैले आँट गरौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।