बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सचिवालय बैठकमा ओलीको चेतावनी : मलाई पदबाट हटाउँदा के हुन्छ ख्याल गरेस्

सचिवालय बैठकमा ओलीको चेतावनी : मलाई पदबाट हटाउँदा के हुन्छ ख्याल गरेस्

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 4.7K
    SHARES

  • सचिवालय बैठकमा ओलीको चेतावनी : मलाई पदबाट हटाउँदा के हुन्छ ख्याल गरेस्

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शनिबारको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत भए । उनले आफूलाई हटाउने प्रयास भइरहेको र त्यस्तो प्रयास भएमा देश र पार्टी बर्बाद हुने सुनाए। उनले चेतावनीका साथ प्रधानमन्त्रीबाट हटाउन आमचुनाव पर्खन भने ।

    ‘म अहिले प्रधानमन्त्री छाड्दिनँ,’ ओलीले बैठकमा भने, आम चुनाव सम्म पर्खनु, म प्रधानमन्त्री छाड्छु ।’ उनले देशमा अनेकन षड्यन्त्रहरु भइरहेको व्याख्या गरे । देशलाई बर्बाद पार्ने खेलहरु भइरहेको सुनाउँदै भने, ‘आमचुनाव नपर्खी मलाई हटाउन खोजे पार्टी र देश बर्बाद हुन्छ ।’

    उनले पार्टी अध्यक्षबाट आफूलाई छाड्न लगाउन महाधिवेशन कुर्नुपर्ने बताए । उनले भने, ‘अध्यक्ष बन्न महाधिवेशन पर्खने, प्रधानमन्त्री बन्न आमचुनाव पर्खने । योबाहेक कुनै विकल्प छैन ।’ उनले अध्यक्ष र प्रधानमन्त्री पदमा कुनै सम्झौता नहुने स्पष्ट पारे । त्यसबाहेकमा कुरा गर्न सकिने र लचिलो हुन सकिने बताए ।

    आफूलाई जर्बजस्ती हटाउन दबाब दिने गतिविधि नगर्न समेत चेतावनी दिए । उनले घुमाउरो शैलीमा प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजे गम्भीर परिणाम आउनसक्ने संकेत समेत गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend