बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

रामचन्द्र पौडेलले खोले पोल : त्यो ज्यानमारा काण्डमा केपी ओली जेल पर्दा ...

रामचन्द्र पौडेलले खोले पोल : त्यो ज्यानमारा काण्डमा केपी ओली जेल पर्दा ...

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 10.3K
    SHARES

  • रामचन्द्र पौडेलले खोले पोल : त्यो ज्यानमारा काण्डमा केपी ओली जेल पर्दा ...

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभई ज्यानमारा मुद्दामा १४ वर्ष जेल बसेको पोल स्मरण गराएका छन् ।

    बिहीवार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै उनले भने, ‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो । लोकतन्त्रका लागि होइन ।’
     
    बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरूले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने भन्दै एउटा वाक्य लेखेको भए छुट्ने अवस्थामा पनि अस्वीकार गरेर लोकतन्त्रका लागि लामो समय जेल बसेको पनि बताए । 

    बुधवार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीवार थप आक्रोशित बनेका थिए । कार्यक्रममा नेता पौडेलले २०६२/६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदांगिएको पौडेलले बताएका छन् ।

    तनहुँको घटनाले प्रजातन्त्रवादीहरू देशैभर जागेको पनि उनले बताए । उनले अब भ्रष्टाचारविरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताएका छन् । 

    ‘ठूला–ठूला घोटाला गर्नेहरू, अर्बौंको काण्डका रचयिताहरूलाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,’ नेता पौडेलले भने, ‘अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन, न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ । अब यहाँ सत्ता हेरेर फैसला गर्ने ? अब हुन सक्दैन ।’

    उनले तनहुँबाट शुरू भएको सर्वसत्तावाद विरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनले घोषणा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend