काठमाडौं- नेपाली काँग्रेसले स्याङ्जा, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
श्रीमती खाँणको मङ्गलबार वालिङ–९ स्थित आफ्नै निवासमा ८६ वर्षका उमेरमा निधन भएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
स्व.खाँण विसं २०१५ का निर्वाचित सांसद स्व।यमबहादुर खाँणकी धर्मपत्नी हुन् । श्रीमती खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।