बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

'केपी ओली नहुँदा पनि नेकपा र सरकार चलिरहन्छ'

'केपी ओली नहुँदा पनि नेकपा र सरकार चलिरहन्छ'

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 4.4K
    SHARES

  • 'केपी ओली नहुँदा पनि नेकपा र सरकार चलिरहन्छ'

    काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमानेको बताएकी छन्। पार्टीले ओलीलाई दुबै पदबाट पछि हट्नु भन्दा हट्नै पर्ने उनको भनाई छ।

    आफू अध्यक्ष नभए पार्टी सकिने र प्रधानमन्त्री नभएमा देश सकिने खालको सोच नराख्नसमेत प्रधानमन्त्रीलाई उनको सुझाव छ। ओलीले अब ठूला कुरा नगरी, मान्छेलाई धम्क्याएर, लोभ देखाएर पार्टी र देश चलाउन नसक्ने शाक्यको निष्कर्ष छ। दु्वै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने नेतृत्व ओलीले गर्न नसकेको भन्दै आक्रोस व्यक्ति गरिन्।

    उनले सचिवालयमा आएका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा ल्याउनु पर्नेसमेत बताएकी छन्। प्रचण्डको प्रतिवेदनकै कारण दुबै अध्यक्षको कमिकमजोरी आएको भन्दै त्यसलाई सच्याएर जान सकिने मार्ग प्रशस्त रहेको उनको भनाई छ। शाक्यले प्रचण्डले गलत आरोप नलगाएको पनि बताइन। उनले प्रचण्डले पेश गरेको प्रस्ताव प्रचण्डको मात्रै नभई पाँच नेताको हो समेत भनिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २१ २०७८०४:१७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend