बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

कथित नागरिक अगुवाहरू नेकपाका सल्लाहकार हुन्, ओलीको प्रतिरक्षा किन ?

कथित नागरिक अगुवाहरू नेकपाका सल्लाहकार हुन्, ओलीको प्रतिरक्षा किन ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 5.0K
    SHARES

  • कथित नागरिक अगुवाहरू नेकपाका सल्लाहकार हुन्, ओलीको प्रतिरक्षा किन ?

     काठमाडौं -  वर्तमान प्रधानमन्त्री केपी ओलीको कुर्सी जबजब संकटमा पर्न थाल्छ, कथित नागरिक अगुवाहरु सलबलाउन थालेका छन् ।

    आफ्नो सक्कली रूप देखाउन अघि सरिहाल्छन् । देशमा ठूल्ठूला भ्रष्टाचार हुँदा, मन्त्रीहरू आर्थिक अनियमिततामा मुछिँदा यी नागरिक समाजका अगुवालाई छुँदैन । हत्या, बलात्कारका घटना बढ्दा उनीहरू मौन बस्छन् ।

    तर जब ओलीको कुर्सी धरापमा पर्न खोज्छ उनीहरूमा छटपटी बढिहाल्छ । अनि नागरिक अगुवाको नाममा विज्ञप्ति निस्किन्छ, प्रधानमन्त्रीलाई त्यतिकै हटाउन पाइन्न भनेर । कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु हुँदैन भनेर कराउन थालिहाल्छन् ।

    बिहीबार साँझ पनि कथित १३ जना अगुवाले त्यस्तै धर्म निर्वाह गरेका छन् । कनकमणि दीक्षित, रामेश्वर खनाल, सुशील प्याकुरेल, डा.अर्जुन कार्कीलगायत १३ जनाले जारी गरेको ७ बुँदे अपीलमा भनिएको छ, ‘संविधान तथा संसदीय परिपाटी बमोजिम सरकार परिवर्तन गर्ने बाटो संसद् र संसदीय दल हो। सत्तारुढ संसदीय दलको चाहना नभई कुनै प्रधानमन्त्रीलाई पनि विदा गर्न सकिंदैन र यो प्रतिनिधिसभाभित्र निर्वाह हुनुपर्ने भूमिका हो।’

    यसअघि गत वैशाखमा ओलीलाई पार्टीभित्रैबाट संकट पर्दा पनि उनीहरूले यसरी नै विज्ञप्ति निकालेका थिए । उनीहरूको विज्ञप्ति हेर्दा नेकपाको सल्लाहकार जस्तो भान हुन्छ ।

    सत्तारुढ नेकपाको विवादका कारण अहिले आफ्नै पार्टीको सरकार अप्ठेरोमा परेको छ । प्रधानमन्त्री ओलीले संकट टार्न विभिन्न प्रयास गर्दै आएका छन् । पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताले ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

    अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाब दिइरहेका छन् । यस्तो अवस्थामा ओलीलाई हटाउनु हुँदैन भनेर प्रतिरक्षामा उत्रिनुले उनीहरूले सत्ता हण्डी खाएको देखिन्छ । ओलीले उनीहरूलाई उपयोग गरेको प्रस्ट हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend