आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सञ्चार क्षेत्रलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

सञ्चार क्षेत्रलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 11.0K
    SHARES

  • सञ्चार क्षेत्रलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

    रुपेन्देही- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकास र परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

    बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित ‘दैनिकपत्र’ राष्ट्रिय दैनिकको १७औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सञ्चार संस्थाकै कारण प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सम्भव भएको धारणा राखे । 

    मन्त्री पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रको भूमिकालाई अझै सशक्त बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

     कार्यक्रममा दैनिकपत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईले दैनिक पत्र मोफसलको उत्कृष्ट पत्रिका भएको बताउँदै संस्थाको उन्नति एवं प्रगतिका लागि सहयोग गर्ने पाठक, विज्ञापनदातालाई आभार एवं धन्यवाद व्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७११:३२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend