काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच उग्र विवादसँगै ओलीलाई पदबाट हटाउँने रणनीति चलिरहेका बेला ओलीको पक्षमा एक मन्त्री बोलेका छन् ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने भन्दै ओलीको पक्षमा उत्रिएका हुन् ।
राजधानीमा बिहीबार फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा राज्यमन्त्री मानन्धरले ओलीको विकल्प कोही नभएको बताएका हुन्। जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उनले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए।
७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उहाँले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताए। उनले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गरिरहेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।