बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

भ्रष्टचारीलाई खुलेआम बचाउ गर्ने ओली ‘महान’ नेता

भ्रष्टचारीलाई खुलेआम बचाउ गर्ने ओली ‘महान’ नेता

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 6.2K
    SHARES

  • भ्रष्टचारीलाई खुलेआम बचाउ गर्ने ओली ‘महान’ नेता

    काठमाडौं -  ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ भनेर उल्लेख गरेपछि बालुवाटार तनावमा परेको छ ।

    यसअघिको सरकारमा पनि भ्रष्टाचारजन्य काम हुने गरे पनि ओलीले जस्तो खुलेयाम भ्रष्टाचारीको बचाउ गर्दैनथे । तर, ओलीले आफ्नो सरकारका मन्त्रीहरू तथा कर्मचारीले भ्रष्टाचार गरेको मिडियामा आउँदा पनि ओलीले भ्रष्टाचार नगरेको भन्दै कुतर्क गर्दै आएका छन् ।

    त्यही भएर सत्तारुढ नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदनमा ओलीलाई भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएका हुन् ।

    ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले प्रचण्डको आरोप पुष्टि गरेको छ । यो प्रतिवेदनले नेपाल र ओलीको साख माटोमा मिलेको सर्वसाधारणले बताउन थालेका छन् ।

    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले ओम्नीको काण्ड होस्, चाहे सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड होस्, गोकर्ण र बालुवाटारकै जग्गा काण्डमा होस् ।

    सबैमा प्रधानमन्त्री ओलीले उनीहरूको बचाउ गर्ने गरेकाले मान्छेमा सरकारप्रति नैराश्यता उत्पन्न भएको बताएका छन् । चरम भ्रष्टाचार र त्यसले जनतामा सिर्जना गरेको चिन्ताको विषयमा ट्रान्सपरेन्सीले प्रधानमन्त्री ओलीको नामै उल्लेख गरेर भ्रष्टाचार नियन्त्रणमा उनको भूमिका निराशाजनक भएको टिप्पणी गर्नुले कम्युनिस्ट सरकारको कथनी र करणीमा फरक देखिएको प्रस्ट हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend