काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त सहमहामन्त्री सुनिल थापाको टोलीलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।
साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित ३१ जना नेपाली काँग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई बुधबार सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुलाई नियुक्त पत्र दिएका हुन् ।
थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति पत्र प्रदान गर्दै लोकतन्त्र मजबुद बनाउन पार्टीलाई बलियो बनाउने अभियानामा लाग्न निर्देशन दिए । यस्तै देउवाले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आजैबाट सक्रियतापूर्ब लाग्न निर्देशन दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।