बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

जग्गा किर्ते गरी हडपेका नेकपाका नेता गगन पुरी पक्राउ

जग्गा किर्ते गरी हडपेका नेकपाका नेता गगन पुरी पक्राउ

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 5.9K
    SHARES

  • जग्गा किर्ते गरी हडपेका नेकपाका नेता गगन पुरी पक्राउ

     काठमाडौं - झापाको दमक नगरपालिकाको बालुवाटार जग्गा काण्डका मुख्य आरोपित व्यक्ति गगन पुरीलाई सम्पति शुद्धिकरण विभागले मंगलबार नियन्त्रणमा लिएको छ। विभागले पुरीलाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको छ।

    धेरै दिनपछि पुरी विभागमा आफैं हाजिर हुन पुगेपछि उनलाई विभागका अधिकारीहरुले विशेष अदालतमा पुर्‍याएका थिए। विशेष अदालतले उनलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। पुरी मंगलबार बिहान झापाबाट काठमाडौं गएका थिए। नेपाल प्रहरीको सिआईबीले सो जग्गा घोटाला छानबिन गरेको हो।

    सिआईबीको अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार छानविन बालुवाटार घोटाला काण्ड भएको बताइएको छ। दमक ८ को जग्गा झापाका नेकपाका प्रभावशाली नेता गगन पुरीको समूहले किर्ते गरेको आरोप छ।

    रतुवा नदीबाट पश्चिम र दिपेनी खोलाबाट उत्तरमा रहेको सो ठाउँको जग्गा कठ्ठाको ५० लाखभन्दा धेरै पर्छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार करिब ५० बिगा जग्गा घोटाला भएको छ। ५० बिगाको करिब ५ अर्ब रुपैयाँ हुन आउँछ। सोही जग्गा किर्ते गरेर हत्याएको पुरीमाथि आरोप लागेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १० २०७७०७:२५:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend