आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली मलाई धेरै मन पर्ने मान्छे हुन् : बाबुराम भट्टराई

ओली मलाई धेरै मन पर्ने मान्छे हुन् : बाबुराम भट्टराई

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 6.5K
    SHARES

  • ओली मलाई धेरै मन पर्ने मान्छे हुन् : बाबुराम भट्टराई

    काठमाडौं-  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली आफुलाई धेरै मन पर्ने व्याक्ति भएको बताएका छन् । नेता भट्टराईले ओली व्याक्ति मनपर्ने भएपनि ओली प्रवृति आफुलाई मन नपर्ने बताएका छन् ।

    ओली नेतृत्वकै कारण देश कुरिती, कृसंस्कृत र दुर्गतीको बाटोमा लागेको भन्दै नेता भट्टराईले ओलीलाई हटाउँनै पर्ने बताएका छन् । निरन्तररुपमा ओलीलाई नेतृत्वबाट हटाउँन पर्छ भन्दै आएका नेता भट्राईले ट्विटरमार्फत यस्तो बताएका हुन् । 

    नेकपाभित्र शक्ति संघर्ष चुलिँदै गर्दा प्रधानमन्त्री ओलीले काङ्ग्रेससँग पनि परामर्श गरेका थिए । यस विषयलाई संकेत गर्दै नेता भट्टराईले ओलीलाई काँध थापेर गल्ती नगर्न सचेत तुल्याएका छन् ।

    “आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं,” उनले ट्‌विटमा भनेका छन् 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend