काठमाडौं- अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत सफल देखिएसँगै उसले आकस्मिक प्रयोगका लागि बजारमा केहीदिनभित्रै ल्याउँन सक्ने भएको छ ।
कम्पनिले आज अमेरिकाको खाद्य तथा औषधी प्रशासनसँग भ्याक्सिनलाई अनुमति प्रदान गर्न निवेदन दर्ता गरिसकेको छ । अब, अनुमति मिल्यो भने कम्पनीले चाँडै नै खोप बजारमा वितरण गर्न सक्ने छ ।
टाइम म्यागाजिनका अनुसार फाइजरका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष अलबर्ट बुरलाले आकस्मिक प्रयोग गरिहाल्ने हेतुले क्लियरेन्सको निवेदन दर्ता गरिएको जनाएका छन् ।
यो कम्पनि अमेरिकामा यस्तो अनुमतिका लागि निवेदन दिने पहिलो कम्पनि हो । एफडीएले अनुमति प्रदान गरेमा भ्याक्सिन केही घन्टाभित्रै तयार हुने र आकस्मिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।
फाइजरले यो वर्षभित्र ५ करोड डज भ्याक्सिन उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । अर्को वर्षको अन्तसम्ममा एक अर्ब ३० करोड डज उत्पादन गर्ने लक्ष्य लिएको बोरलाले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।