काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना संक्रमितको उपचारका लागि प्रयोग भइरहेको रेम्डेसिभिरको प्रयोग रोक्न आग्रह गरेको छ ।
रेम्डेसिभिरको प्रयोगले संक्रमितमा सकारात्मक असर पारेको नदेखिएका कारण यसको प्रयोग रोक्न डब्लुएचओले बिहिबार एक गाइडलाइन सार्वजनिक गर्दै आग्रह गरेको हो ।
डब्लुएचओले जारी गरेको उक्त गाइडलाइनमा, ‘हालसम्म रेम्डेसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएकाले डब्लुएचओले यसको प्रयोग नगर्न आग्रह गर्दछ।’ उल्लेख गरिएको छ ।
जोन हप्किन्स युनिभर्सिटीमा सार्वजनिक तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६९ लाखभन्दा माथि पुगेको छ। संक्रमितमध्ये १३ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।