काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलका बीचमा केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भएकाे छ।
नेकपाभित्रको गहिरिँदो विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलका बीचमा मंसिर १३ गते हुने सचिवालय बैठकलगायतका विषयमा छलफल भए पनि निकास निस्कन भने अझै सकेको छैन। सो भेटघाटपछि महासचिव पौडेलले छोटो प्रतिक्रिया दिएका छन्, ‘परिस्थीति गम्भीर छ ।’
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ ।
बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् । प्रचण्ड र महासचिव पौडेल भेट गर्दैगर्दा पार्टी कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि कार्यकर्तासँग भेटवार्ता गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।