बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 4.7K
    SHARES

  • कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

    काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधनप्रति शोक व्यक्त गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दै वै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जलि प्रकट गरेका हुन् । 

    साथै दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरे । मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पु¥याउन सरकारलाई आग्रहसमेत गरे । डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणपछि उपचारका क्रममा सोमबार विहान निधन भएको थियो । 

    यसैगरी सभापति देउवाले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर नौ जना नेपालीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै सो घटनाका अस्पतालमा उपचाररत अन्य घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend