काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष ओलीलाई खुसी बनाउन अरु कोही नेताको बदनाम गर्ने काम तत्काल बन्द गर्न ओली पक्षका नेतालाई चेतावनी दिएका छन्।
गौतमको सचिवालयले विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो। गौतमले केपी ओलीलाई हावामा उँडाएर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भएको भन्दै सचेत हुन पनि सुझाब पनि दिएका छन्।
गौतमले प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने पक्षमा आफू नरहेको प्रष्ट पार्दै प्रचण्डको प्रस्तावलाई नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज भनेका छन्।
आफ्नो समेत सहमतिमा आएको प्रस्ताव कुनै हालतमा फिर्ता गर्न नहुने गौतमको मत छ। गौतमले प्रचण्डको प्रतिवेदनमा आफ्नो समर्थन रहेको पनि स्पष्ट पारिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।